सवारी दुर्घटना ।

ई.प्र.का.छिन्चु सुर्खेत:- मिति२०७४।५।३१ गते अं.१३०० बजेको समयमा जि.सुर्खेत भेरीगंगा न.पा. ५ एमाले मोड नजिक सुर्खेत बाट ने.ग. तर्फ जाँदै गरेको बा ४ ख १६३५नं.को हाईस र ने.ग. बाट सुर्खेत तर्फ आउदै गरेको से१ ख १४५३ नं.को मिनि ट्रक एक आपसमा ठक्कर खाँदा दुबै चालक लगायत अ. २०।२५ जना सवार यात्रु घाईते भई तत्काल औ.उ.को लागि मेडिकल कलेज कोहलपुर बाँके तर्फ पठाइएको दुबै गाडि घटनास्थलमा बाटो अबरोध नभएको उक्त स्थानमा ४ जना प्रहरी टोली खटिगएको उक्त स्थान यस का.बाट १८ कि.मि.उत्तर पश्चिम पर्ने ।

                   निम्न घाईतेहरु:-

1=   जि.कालिकोट खडाचक्र न.पा. ५ बस्ने १महिनाको एलिज शाही उपचारको क्रममा १६४५ मा मृत्यु

2=   ऐ. ऐ. बस्ने निजकोआमा २५ कि एलिना शाही सिरियस घाईते

3=   जि लमजुङ राय. सु. न. पा. २ बस्ने बर्ष २५को मनोज नेपाल टाउकोमा चोट सिरियस

4=  जि. गोर्खा ठेगाना नखुलेको बर्ष२७।२८ को ईन्द्र गुरुङ मुखमा टाउकोमा चोट सिरियस

5=  जि. दैलेख दु. न. पा. १० बस्ने बर्ष २४ को सोमनाथ योगी टाउकोमा चोट सिरियस

6=   जि. सुर्खेत गुर्भाकोट न. पा. ४ बस्ने बर्ष २३को कृष्ण बि. सि. टाउकोमा चोट सिरियस (हाईस चालक)

7=  जि. सुर्खेत भे. ग. न. पा. १२ बस्ने बर्ष २५ कि अमृता बुढा ढाड खुट्टामा चोट सामान्य

8=  ऐ. ऐ. बस्ने निजको छोरा २२ महिनाको थमन बुढा बाहिर चोट नदेखिएको सामान्य

9=  ऐ. ऐ. ४ बस्ने बर्ष २८ को भुपेन्द्र बि . क. ढाड र छातिमा चोट सामान्य

10=जि. दैलेख डुङगेश्वर न. पा। २ बस्ने बर्ष ४० को पदम बहादुर खड्का ढाड र खुट्टामा चोट सामान्य

11=  जि डढेलधुरा पर्शुराम न. पा। ४ बस्ने बर्ष २५ को नरेन्द्र सावद ढाड र छातिमा चोट सामान्य

12=जि. सुर्खेत गुर्भाकोट न. पा. ४ बस्ने बर्ष २७ को खिम बहादुर बुढा बायाँ आखा र टाउकोमा चोट सामान्य

13=  ऐ. ऐ. ९ बस्ने बर्ष ४२कि लक्ष्मी थापा ढाडमा चोट सामान्य

14=नरसिङ होम ने. ग. मा उपचार भईरहेका घाइतेहरु:-

15=जि. कालिकोट नरहरीनाथ गाउँपालिका ८ बस्ने बर्ष ३० कि बसुन्धरा बिष्ट छातिमा चोट सिरियस ।

16=जि.बर्दिया बर्दिया न.पा. ८ बस्ने बर्ष २४ कि बिरमति शारुमगर छातिमा चोट सिरियस ।

17=जि. सुर्खेत बि.न.न.पा. ४ बस्ने बर्ष ३८ कि सिता बोहरा छातिमा चोट सिरियस ।

18=ऐ.ऐ. बस्ने बर्ष २० कि दिपा बोहरा पेटमा चोट सामान्य ।

19=जि. बर्दिया बर्दिया न.पा. ८ बस्ने बर्ष २ को जेनिस शारुमगर सामान्य ।

20=जि. सुर्खेत चौकुने गा.पा. ६ बस्ने बर्ष २६ को नर बहादुर मास्की मगर सामान्य ।        

जि.प्र.का.रुकुम :- मिती 2074।05।28 गते 09:20 बजेको समयमा जि.रुकुम मुसिकोट न.पा.4 राप्ती लोगमार्गमा खलङ्गा बाट सोलावाङ्गतर्फ गईरहेको बा.4.च.299 नं.को जिप अचानक पल्टन जादा जिपमा सवार 4 जना मध्य जिल्ला बन कार्यलय रुकुम का.प्रमुख जगनाथ जैसवाल घाईते भई जिल्ला अस्पताल सल्ले पठाईएको अन्य 3 जना सामान्य चालक प्रहरीको नियन्त्रणमा गाडी घटनास्थलमा, बाटो अबरोध नभएको, उक्त स्थानमा प्र.ना.उ.राजेन्द्र प्रसाद धमलाको कमाण्डमा 10 जनाको टोली खटी गएको 5 कि.मि.पुर्व पर्ने बि.बि.पछी ।

प्र.चौ.मेहलकुना सुर्खेत मिति 2074/05/25 गते 1845 बजेको समयमा जिल्ला सुर्खेत गुर्भाकोट न.पा.8 मेहलकुना बजार नजिक बोटेचौर बाट जहरे तर्फ आउदै गरेको ग.3 प.5311 नं.को मो.सा.ले पैदल यात्रि ऐ.बस्ने बर्ष-60 को लिले दमाई लाई ठक्कर दिदा टाउको र खुट्टामा चोट निजको मेहलकुना अस्पतालमा उपचार भैरहेको अबस्था सिरियस मो.सा.र मो.सा.चालक यस का.को नियन्त्रणमा प्र.स.नि.शेर बहादुर थापाको कमाण्डमा 3 जना खटिगएको 2 कि.मि.पुर्ब पर्ने बि.बि.पछि।

जि.प्र.का.जाजरकोट:- मिति २०७४।०५।२४ गते अं.१४३० बजेको समयमा जि.जाजरकोट भे.न.पा.४ पानी ट्याङ्कि नजिकैबाट लु.१ज.२४३५ न.को बोईलर कुखुरा बोकेको जि.सुर्खेत भे.ग.न.पा.९ बस्ने बर्ष २३ को मनोज बि.क.ले चलाएको जिप ब्याग गर्ने क्रममा ब्रेल फेल भई सडकबाट अं.२०० मिटर तल खसेको,चालकको टाउकोमा चोट लागी उपचारको लागी मिसन अस्पताल चौरजहारी रुकुम लगीएको,अबस्था सामान्य ,गाडी घटनास्थलमै,उक्त स्थानमा प्र.ना.नि.प्रदिप कार्कीको कमाण्डमा ५ जनाको टोली खटि गएको,५०/६० ओटा कुखुराको मृत्यु भएको,१ ,कि.मि.पुर्ब पर्ने अन्य बि.बि.पछी ।