मृतलाश फेला।

प्र.चौ.सुकाढिक मुगु:- मिति 2074/06/02 गते अं.0700 बजेको समयमा जिल्ला मुगु खत्याड गा.पा.1 स्थित कर्णाली नदिको किनारमा भोटे जाति जस्तो देखिने अं.बर्ष-30/32 को पुरुष ब्याक्तिको बेबारिसे लाश रहेको छ भन्ने खबर प्राप्त पश्चात उक्तस्थान तर्फ प्र.ना.नि.पदम बोहरा-4 जना टोलि खटिगएको 1/2 कि.मि.पुब दक्षिण पर्ने बि.बि.पछी। 

मालारानी सुर्खेत:- मिति २०७४।०५।२५ गते अ.१००० बजेको समयमा गुर्भाकोट न.पा.२गोचेखोला उचालढुड्गे भन्ने स्थानमा खोलामा डुबेको अवस्थामा जि.सल्यान पंन्चहारे 6 वस्ने वर्ष २४ कि पंन्चकली वि.क.को लाश फेला परेको भनि स्थानिय व्यक्तिले टे.फो. मार्फत जानकारी गराए पश्चात प्र.चौ. बाट प्र.स.नि. भोज ब. थापा को कमाण्डमा ३ जना को टोली र थप अनुसन्धानको लागी ई.प्र.का. छिन्चु बाट प्र.नि. ध्रुव ब. थापाको कमाण्डमा ७ जना को टोली खटिएको उक्त स्थान१५ कि.मी.उत्तर पर्ने अन्य वि.वि. पछि ।

ई.प्र.का.अर्छाने जाजरकोट:- जि. जाजरकोट कुशे गा.पा. ४ वस्ने वर्ष ५5/६० को रातो दमाई मिति २०७४।०५।२० गते ऐ स्थित आफ्नै सालाको घरमा गएकोमा हालसम्म घर नफर्किए पछी घरपरिवार वाट खो.त. गर्दे जादा आज मिति 2074/05/23 गते 1730 वजे ऐ स्थित सिस्ने खोलाको खोजमा मृत अवस्थामा फेला परेको भन्ने खवर प्राप्त हुनासाथ प्र.स.नि. टिकाराम पोख्रेलको कमाण्डमा ५ जनाको टोली खटि गएको उक्त स्थान डेढ घण्टा दक्षिण पर्ने वि.वि. पछी

ई.प्र.का.दुल्लु दैलेख:- आज मिति २०७४।०५।२२ गते २०३० बजेको समयमा जिल्ला दैलेख भैरबी गाउपालिका वडा नं. ३ पानिखाल जंगलमा ऐ.ऐ. बस्ने पदम प्रसाद पाण्डेको छोरा बर्ष २१ को लक्ष्मण पाण्डे मृत अवस्थामा छ भनि निजको दाजु नाता पर्ने शान्ति पाण्डेले टे.फो. मार्फत यस का.मा जानकारी गराए पश्चात तत्काल यस का.बाट प्र.नि. कृष्ण डांगिको कमाण्डमा ३ जनाको टोलि त्यस तर्फ खटि गएको उक्त स्थान यस का.बाट ५/६ कि.मि. उत्तर पर्ने अन्य बि.बि. पछि