Introduction

मध्यपश्चिम क्षेत्रको संक्षिप्त परिचय

नेपालको पाँच विकास क्षेत्रहरु मध्ये क्षेत्रफलको हिसावले सबै भन्दा ठूलो मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती, भेरी र कर्णाली गरी ३ (तीन) अञ्चल तथा दाङ्ग, रोल्पा, रुकुम, सल्यान, प्यूठान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालिकोट गरी जम्मा १५ (पन्ध्र) वटा जिल्लाहरु पर्दछन। यो विकास क्षेत्र विश्व मानचित्रमा ८०° ५९' पूर्व देखि ८३° ४०' पूर्व देशान्तर २७°३७' उत्तर देखि ३०°५६' उत्तरी अक्षांशमा फैलिएको छ । समुद्री सतहबाट १२९ मिटर -कटकुर्इया, बाँके देखि ७७६७ मिटर सैपाल, हुम्ला उचाई सम्म फैलिएको छ। यस विकास क्षेत्रको कुल क्षेत्रफल ४२३७८ वर्ग कि.मी. रहेको छ। यस क्षेत्रमा पश्चिममा कर्णाली पुल (बर्दिया) देखि पूर्बमा धानखोला (दाड) सम्म राजमार्ग पौलिएको छ । यस क्षेत्रको ३ वटा जिल्ला बाँके, बर्दिया र दाङ्ग भारतको उत्तर प्रदेशसँग सिमाना जोडीएको छ भने डोल्पा, मुगु र हुम्ला जिल्लाको सिमाना चिनको तिब्बत प्रान्तसँग जोडिएको छ ।

    यस विकास क्षेत्र अन्तरगत बाँके, बर्दिया, दाङ्ग जिल्लाका केही भाग तराईमा र  भारतको सिमावर्ती क्षेत्रमा समेत पर्दछन् भने सुर्खेत र दाङ्ग उपत्यका भित्री मधेसमा पर्दछन् बाँकी अन्य जिल्लाहरु सबै पहाडी र दुर्गम हिमाली जिल्लाका हुम्ला, डोल्पा र मुगुका केही भाग चिनको सिमावर्ती क्षेत्रमा समेत रहेका छन् । यस क्षेत्र अन्तरगतका ३ अञ्चलहरु राप्ती, भेरी र कर्णाली सबै नदीको Map of Mwrpo  नामबाट   नामाकरण गरिएको छ । नेपालको कुल क्षेत्रफल मध्ये २८.९ प्रतिशत यस क्षेत्रले ओगटेको छ ।


जनसंख्या 

कूल क्षेत्रफल

४२,३७८ वर्ग कि.मि. (२८.७९%)

२०६८ सालको जनगणना अनुसारको जनसंख्या

३५,८४,३८६

पुरुष

१७,३०,१५९ (४८.२६९%)

महिला

१८,५४,२२७ (५१.७३१%)

प्रहरी दरवन्दी

१००६९

प्रहरी अनुपात (प्रहरी जनशक्तिको आधारमा)

३56 जना

प्रहरी अनुपात (क्षेत्रफलको आधारमा)

४.20 वर्ग कि.मी.।

धर्म:-
हिन्दु   ९१.४५%     बौद्ध   ०४.८२%    अन्य  ०.१२%
मुस्लिम  ०३.३७%    क्रिश्चियन ०.२४%
मातृभाषा:-
नेपाली ७१.३९%     मगर ०३.६७%        नेवार ०.२२%
गुरुङ्ग   ०.१६%       थारु १४.७८%       मैथिली ०.११%
अवधी   ०७.६७%     उर्दु ०.२८% हिन्दी   ०.५६%
शेर्पा    ०.४७%       अन्य ०.६९%
सामाजिक समिश्रण :-
मगर          १४.४६%     क्षेत्री     २७.८२% ब्राम्हण    ८.३६%
कामी          ७.९७%       सार्की   १.५७%      ठकुरी   ४.७६%
थारु           १५.४७%     मुश्लिम ३.७१%       गुरुङ्ग   ०.९३%
शेर्पा           ०.४०%       दमाई   २.५५%      अन्य   १०.८५%
 यस क्षेत्र अन्तर्गत जिल्लाहरुमा रहेका गा.वि.स.को विवरण:

जिल्ला: १५ वटा

गा.वि.स. ५०५ वटा

वडा: ४५४५ वटा

महत्वपूर्ण स्थलहरु
धार्मिक:- बागेश्‍वरी (बाँके), स्वर्गद्वारी (प्युठान), देउती बजै (सुर्खेत), श्रीस्थान (दैलेख), डिग्रेसाईकुमारी मन्दिर (रुकुम) चन्दननाथ (जुम्ला)
पर्यटकिय:- काक्रेविहार, बुलबुले (सुर्खेत), ठाकुरद्वारा (बर्दिया), राराताल (मुगु), से-फोक्सोण्डो (डोल्पा), स्यार्फुताल (रुकुम)
सीमा स्तम्भ
 
( नेपाल-भारत)   - जम्मा ५२२
 
             - दाङ         ७९ (३ वटा पुननिर्माण गर्नु पर्ने)
 
              - बाँके         ३०५(९ वटा पुननिर्माण गर्नु पर्ने)
 
             - बर्दिया                 १३८(११ वटा पुननिर्माण गर्नु पर्ने)
 
(नेपाल-चिन) - जम्मा   १५
 
              - हुम्ला १०(१ वटा पुननिर्माण गर्नु पर्ने)
 
              - डोल्पा ०४
 
              - मुगु   ०१                
 
राजमार्ग लम्बाई : धानखोलन -कर्णाली चिसापानी (पुर्वपश्चिम राजमार्ग २२३ कि.मी.)
सहायक राजमार्ग:  अर्जुनखोला सल्यान (राप्ती राजमार्ग १४२ कि.मी.)
           सल्यान रुकुम         (सल्यान रुकुम राजमार्ग ८७ कि.मी.)
           भालुवाङ्ग रोल्पा   ( १०६ कि.मी.)
           भालुवाङ्ग - प्युठान     (भालुवाङ्ग , प्युठान राजमार्ग ६८ कि.मी)
           कोहलपुर सर्खेत   (रत्‍न राजमार्ग ८६ कि.मी.)
           सुर्खेत- जुम्ला      (कर्णाली राजमार्ग २३२ कि.मी.)
           कोहलपुर बर्दिया  (८६ कि.मी)